आजको राशिफल

0
Shares

वि.स.२०७५ साल जेष्ठ १६ गते । बुधबार । ईश्वी सन् २०१८ मे ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण पक्ष । तिथि प्रतिपदा ३८ घडी २२ पला,बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त द्धितिया । नक्षत्र ज्येष्ठा ५३ घडी ५२ पला,रातको २ बजेर ४४ मिनेट उप्रान्त मूल । योग सिद्ध ३० घडि ४९ पला,बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त साध्य । करण वालव,बिहान ७ बजेर ५२ मिनेट उप्रान्त कौलव,बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि बृश्चिक ।

काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी १४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ ।

शुभ अंक — २,५ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । आफन्त तथा आगन्तुकहरुको अलमलमा परिने हुदा कामहरु थाति रहनेछन् ।

शुभ अंक — २,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरि नाम कमाउन सकिनेछ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।

शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथिभाई तथा ईष्टमित्रहरुको हरेक पाईलामा सहयोग तथा समर्थन रहनेछ । सेवामुलक समाजिक संघ सस्थामा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा प्रतिश्पर्धिहरुलाई पन्छाउदै अगाडि बढ्न सकिनेछ । व्यावसायमा राम्रो प्रगति हँुन गई आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । तर्कपुर्ण तथा शाहशिक बोलिको प्रभावले प्रभावशालि ब्याक्तित्वहरुलाई सजिलै बसमा पार्न सकिनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु राज्यबाट प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफाँ कमाउँन सकिनेछ ।

शुभ अंक — ५,६ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अल्छी गर्ने बानिले महत्वपुर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयमो ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमटाबको सिर्जना हुनेछ भने आम्दानिका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्ने अवसर आएपनि समयले साथ नदिदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा नजिक हुने समय रहेपनि बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।

शुभ अंक — ३,८ शुभ दिशा — पश्चिम

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले पहिले तपाई सँग प्रतिष्पर्धा गर्नेहरु सहयोगी भई आउनेछन् । व्यावसाय फस्टाएर जाने हुनाले आम्दानि बढेर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

शुभ अंक — २,९ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने प्रतिश्पर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् ।

शुभ अंक —३,६ शुभ दिशा — पुर्व

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

शुभ अंक — १,७ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा उपश्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ । लामो दुरियो शैक्षिक यात्राको पनि प्रशस्त सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले परिणाममुखि कामहरु गर्न सकिने समय रहेकोछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।