सरकारी कर्मचारीको भत्ता बढ्यो, तलब बढेन्

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।
सरकारले सरकारी कर्मचारीको भत्ता बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेटमा सरकारी कर्मचारीको मंहगी भत्ता बढाएर २ हजार पुर्याएको हो। प्रस्तुत बजेटमा कर्मचारीको तलब भने बढाइएको छैन्। कर्मचारीको विमा भने बढाएर २ लाख पुर्याइएको छ।

बजेटमा शिक्षकको पोशाक भत्ता बढाएर १० हजार पुर्याइएको छ।