प्रत्यक स्थानीय तहमा रंगशाला निर्माण गरिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक स्थानीय तहमा एउटा रंगशाला निर्माण गर्ने भएको छ । मंगलबार अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले देशभरको खेलकुद क्षेत्रको विकासका लागि सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखेको बताए । उनले रंगशाला निर्माणका निम्ति उपयुक्त ठाउँ भएका प्रत्येक स्थानीय तहमा रंगशाला बन्ने उल्लेख गरे ।