पोखरीमा डुबेर मृत्यु

0
Shares

राजविराज,  सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर आज बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ ।

सोरा खेल्दाखेल्दै घर नजिकैमा रहेको पोखरीमा डुबेकी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
रासस