हतियारको विषयमा पढाई हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी

0
Shares

धनवीर दाहाल, रुकुम ।

कुनै बेला बम र बंकरको घेरा भित्र रहेका बिद्यालयहरुमा शुसासन र मानवअधिकारका बिषयमा कहिले कक्षा सञ्चालन होला भन्ने कसैलाई कल्पना सम्म थिएन ।

तत्कालिन बिद्रोही माओबादीले ग्रामिण भेगका बिद्यालयहरुमा हतियार तथा बम बनाउने बिषयमा कक्षा सञ्चालन गर्दथ्यो । राज्यको शिक्षालाई बुर्जुवा भन्दै जनबादी र व्यवहारिक शिक्षा पढ्नु पर्ने माओबादी नेताहरुको ग्रामिण स्तरका बिद्यालयहरुमा निर्देशन हुने गर्दथ्यो । तर आजभोली ति बिद्यालयहरुमा मानवअधिकार र शुसासन शिक्षाको पढाई हुन थालेपछि बिद्यार्थीहरुले मानवअधिकार शिक्षा अनिबार्य बनाउनु पर्नेमा जोड दिएका छन् ।

जिल्लाका द्धन्दबाट प्रभाबित क्षेत्रमा रहेका बिद्यालयहरुमा शुसासन र मानवअधिकार शिक्षा पढाई भइरहेको छ । रुकुम पश्चिको त्रिबेणी गाँउपालिकाको दिव्यचक्ष्यु मावि तलिगाउँ, त्रिबेणीकै खारा स्थित अन्धनाशक उमावि खुम्चेरी, त्रिबेणी गाँउपालिका स्थित मुरुको साधारण उमावि मुरुडाँडा, सोही गाँउपालिका अन्र्तगत पेउघाको जनप्रिय मावि पेउघा र मुसिकोट नगरपालिका अन्र्तगत भलाक्चाको जनकल्याण मावि काँसपोखरीमा मानवअधिकार र शुसासन शिक्षाको कक्षा सञ्चालन गरिएको छ ।

मानवअधिकार, मानविय कानुन, शसस्त्र संघर्षमा मानवअधिकारको अवस्था, मेलमिलाप, द्धन्द व्यवस्थापन, शान्ति निमार्ण, मध्यस्थता, शुसासन लगाएतका बिषयमा आफुहरुले पढ्ने गरेको बिद्यार्थीहरुको भनाई छ ।

“हामीले हप्तामा एक दिन शुसासन शिक्षा पढ्दै आएका छौं” जनकल्याण माविका बिद्यार्थी शेखर ओलीले भने “यो शिक्षालाई अनिबार्य बनाइनुपर्छ ।

बिद्यार्थीहरुले अवदेखी यो बिषयलाई पाठ्यक्रममा राख्नु पर्नै बताएका छन् । उनीहरुले यो भन्दा अघि आफुहरुलाई मानवअधिकारको बारेमा थाहा नभएको बताए । द्धन्द्ध अति प्रभाबित खाराका बिद्यार्थी संगित के.सीले भने “हामीले मानवअधिकार शिक्षाको बारेमा थाहा पाएका थिएनौं । जहिले पनि बिद्यालयहरुमा डर त्रास मात्र हुने गर्दथ्यो ।

जहिले पनि आन्दोलन र लडाइका कुरा गर्दथे तर अहिले कस्तो बेला आन्दोलन गर्ने, आफ्ना माग राख्दा कसरी प्रस्तुत हुने भन्ने बिषयमा हामीलाई राम्रो ज्ञान भएको छ । यो शिक्षा सबै बिद्यालयमा सञ्चालन गर्नुपर्छ ।”

मानवअधिकार शिक्षाका अलावा अन्य घरेलु हिंसा लगाएतका बिषयमा पनि बिद्यार्थीहरुलाई अध्यापन गराइरहेको मानवअधिकार तथा शुसासन शिक्षा संचालनका लागी अभियान थालेको अधिकारवादी संस्था हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले बताए । उनका अनुसार जिल्लाका ५ वटा बिद्यालयबाट यो शिक्षा संचालन भइरहेको छ ।

अधिकारका बिषयमा काम गर्ने एक गैरसरकारी संस्था मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसले मानवअधिकार तथा शुसासन शिक्षाको लागी पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी द्धन्दग्रस्त बिद्यालयहरुमा मानवअधिकार तथा शुसासन शिक्षा सञ्चालन गरेको छ ।

बिद्यालयका सामाजिक शिक्षकले सो मानवअधिकार तथा शुसासन शिक्षा अध्यापन गर्नै जिम्मा पाएका छन् । बिद्यालय व्यवस्थापन समितीले मानवअधिकार शिक्षालाई व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिने गरेको जनकल्याण माध्यामिक बिद्यालय भलाक्चाका शिक्षक प्रमोद ओलीले बताए ।

उनले भने “हामीले बार्षिक कार्ययोजनामा समाबेश गरेका छौं । मानवअधिकार शिक्षाको पढाई हुन थालेपछि बिद्यार्थीको संख्यामा पनि बृद्धि भएको छ ।” द्धन्दको समयमा बिद्यार्थीहरुलाई निकै डर र त्रास हुने बिद्यालयहरुमा शुसासन र मानवअधिकार शिक्षाको पढाई हुने गरेको हुँदा शिक्षक तथा बिद्यार्थीहरुलाई पनि झनै उत्साह छाएको शिक्षक ओलीले बताए ।

कक्षा ९ मा रहेको सामाजिक अध्ययन बिषयलाई पनि उक्त मानवअधिकार र शान्ति शिक्षा मालाले सघाएको शिक्षकहरुको भनाई छ । मानवअधिकार शिक्षा अध्यापन गर्ने शिक्षकहरुले पटकपटक तालिमहरु लिने गरेका छन् ।

मानवअधिकार अध्यापन गराउने शिक्षकका लागी मानवअधिकार शिक्षक निर्देशिका पनि तयार गरिएको छ । सोही निर्देशिका अनुसार आफुहरुले अध्यापन गर्ने माबि खाराका शिक्षक ज्ञानबहादुर खड्काले बताए । कक्षा ९ का विद्यार्थीहरुलाई लक्षित गरी तयार गरिएको उक्त पाठ्यक्रम अनुसार यो विषय हप्तामा एउटा कक्षाका दरले वर्षमा ४० वटा कक्षा संचालन भइरहेका छन् ।

बिगतको द्धन्द्धको समयमा तत्कालिन माओबादीले सञ्चालन गरेको जनवादी शिक्षाको पाठ्यक्रममा भौतिक बिज्ञान, भाषा बिज्ञान तथा बिभिन्न बिश्वको कम्नियुष्ट नेताहरुको जिवनी समेत रहेको हुन्थ्यो । यस्तै कार्लमाक्सको जिवनी, चिनिया कम्नियुष्ट नेता माओत्सेतुंगको जिवनी, लेलिनको जिवनी लगाएतको रहेको तत्कालिन माओबादी रुकुमका नेता एवं तत्कालिन जनवादी शिक्षा अध्यापन गराइरहेका शिक्षक गणेश के.सी हिमालले बताए ।

उनले सरकारी पाठ्यक्रमसँग गणित, अंग्रेजी बाहेक अरु केही पनि मेल नखाएको बताए । बिशेष गरी पाठ्यक्रममा माओबादका कुराहरु मात्र समेटिएको हुन्नथ्यो । बिद्यार्थी सहभागितामा बढी जोड दिने गरिएको शिक्षक के.सीले बताए । घोगन्ते भन्दा व्यवहारिक कुराहरु सिकाउने गरिन्थ्यो ।

उनीहरुले साना बालबालिकालाई कलिलै उमेरमा हतियारका बिषयमा पढाउने गर्दथे । सो समयमा वालवालिकाले क बाट कमरेड, ख बाट खतरा, ग बाट गन लगाएतका कुराहरु सिकाउने गरेको अभिभावकहरुले बताएका छन् ।