म्याच फिक्सिङको चपेटामा परेका फुटबलर अञ्जन आईपीएलको बेटिङमा समातिए


नेपाल समाचारपत्र, काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई बेटिङमा संलग्न भएको आरोपमा अञ्जनसहित ६ पक्राउ परेको पुष्टि गरेको छ । उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यसअघि म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटेपनि मुद्दा टुंगिएको छैन ।