निर्मलाको भिडियो सार्वजनिक


गायिका निर्मला उप्रेती र प्रताप दासको स्वरमा सुस्त–सुस्त बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियोको गीतमा लय तथा शब्द भीम बीसीको रहेको छ भने संगीत अमोस तामाङको रहेको छ।

उक्त गीतको म्युजिक भिडियोलाई देवराज सापकोटाले कोरियोग्राफी गरेका छन् भने निर्देशन र छायांकन नवराज उप्रेतीको रहेको छ। भिडियोमा निर्मला र रक्कीले अभिनय गरेका छन्। कुलेखानीको रमणीय स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियो उत्कृष्ट बनेको नवराजले बताए। भिडियोलाई मण्डली फिल्मस् प्रालिले बजारमा ल्याएको हो।

सानैदेखि गीत गायन र अभिनयमा रूचि राख्ने निर्मलाको लक्ष्य भने फिल्म क्षेत्रमा गएर प्रतिभा प्रस्तुत गर्नु रहेको छ। उनले योभन्दा अघि पनि आफ्नो एक एल्बम बजारमा ल्याएकी थिइन्।

‘झरीजस्तै मायामा रुझ्न मन लाग्यो सुस्त–सुस्त तिम्रो मायामा डुब्न मन लाग्यो। आधा–आधा हुन्छ तिमी टाढा भए स्वर्गझैं आभास हुन्छ हरपल तिम्रो साथ पाए’ –गीतमा भनिएको छ।