आइपिएल २०१८ः कुन खेलाडीले कति रुपैयाँ पुरस्कार पाए ? (सूची)

0
Shares

एजेन्सी। ११औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको हो ।

१ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।

वाट्सनले ५७ अबल खेल्दै ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रनको महत्वपूर्ण योगदान गरेका थिए । यो सिजन वाट्सनको यो दोस्रो शतक हो । रैनाले ३४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे । अम्बाटी रायडु १६ रनमा अविजित रहँदा अर्का ओपनर फा डु प्लिसिसले १० रन बनाएका थिए । हैदराबादका लागि सन्दीप शर्मा र कालोर्सस बर्थवाइटले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो ।

कसलाई कुन अवार्ड ?

विजेता– चेन्नई सुपर किङ्स– ४१ करोड २८ लाख रूपैयाँ

उपविजेता– सनराइज हैदारावा– २० करोड ६४ लाख रूपैयाँ

तेस्रो– कोलकोत्ता नाइट राइडर्स– १० करोड २४ लाख रूपैयाँ

चौथो– राजस्थान रोयल्स– १० करोड २४ लाख रूपैयाँ

ओरेन्ज क्याप– काने विलियम्सन (७३५ रन)– १६ लाख रूपैयाँ

पर्पल क्याप– एन्ड्रु टाय (२४ विकेट)– १६ लाख रूपैयाँ

सर्वाधिक छक्का– रिसब पन्त (३७)– १ लाख ६० हजार रूपैयाँ

इमर्जिङ प्लेयर– रिसब पन्त १६ लाख रूपैयाँ

उत्कृष्ट क्याच– ट्रेन्ट बोल्ट– १६ लाख रूपैयाँ

भ्यालुएवल प्लेयर– सुनिल नाराने–१६ लाख रूपैयाँ

आइपिएल फेयर प्ले अवार्ड– मुम्बई इन्डियन्स– १० लाख रूपैयाँ

प्लेयर अफ दी टुर्नामेन्ट– सुनिल नाराने

सर्वाधिक रन– काने विलियम्स

सर्वाधिक रन – रिसब पन्त (१२८)

स्टाइलिस प्लेयर अफ द सिजन– रिसब पन्त– १ लाख ६० हजार रूपैयाँ

सर्वाधिक डट बलिङ रासिद खान १५८ ।