च्याम्पियन्स् लिगको राजा रियलले फेरि रच्यो इतिहास


लन्डन, (एजेन्सी)
गेरेथ बेलले युरोपियन फुटबलको सानदार गोलमध्ये गरेको एक गोलको सहयोगमा रियल मेड्रिडले लिभरपुललाई हराएको छ । युक्रेनको कीएभमा भएको युएफा च्याम्पियन्स लिगको फाइनल खेलमा रियल मेड्रिडले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो ।

सो खेल लभरपुलका गोलकिपर लोरिस कारियसको लागि दुस्वप्न झै बनेको छ । उनकै गल्तीका कारण ला लिगाको टोली रियल मेड्रिडले लगातार च्याम्पियन्स लिग उपाधि हात पारेको छ । यो सँगै तीन लगातार सिजनमा उपाधि हासिल गर्नेमा बायर्न म्युनिख (१९७४–१९७६) पछिको टोली रियल बन्यो ।

रियल मेड्रिडलाई उपाधि दिलाउनेमा वेल्सका स्ट्राइकर बेलको दुई गोलको योगदान रह्यो । उनले मैदानमा आए लगतै ६४औं मिनेटमा ओभरहेड किकमा असाधारण गोल गरेर रियललाई २–१ ले अग्रता दिलाएका थिए । बेलले नै करिब ३० यार्डबाट प्रहार गरेको बललाई पनि किपरले छेक्न नसक्दा लिभरपुलको खेलमा फर्कने आशा समाप्त भएको थियो ।

पहिलो हाफमै टोलीका शीर्ष गोलकर्ता मोहम्मद सालहलाई गुमाउनु पर्दा पनि लिभरपुलले रियलसँग नतिजा उल्टाउन नसकेको थियो । उनी रियलका कप्तान सर्जियो रामोससँग जुध्दा काँधमा चोट लागेर बाहिरिनु परेको थियो । उनको विश्वकप खेल्नेमा पनि सन्देह भएको छ ।

यसअघि दोस्रो हाफ शुरु भएको ६ मिनेटपछि लिभरपुलका किपर लोरिसले बल फ्याँक्न खोज्दा बल करिम बेन्जेमाको खुट्टामा लागेर गोलपोस्टको दिशा लिएको थियो । यो बल गोल भएको लिभरपुलका किपरले हेर्नु बाहेक केही गर्न सकेनन् । तर पाँच मिनेटपछि लिभरपुलका साडियो मानेले गोल फर्काएर