हार्वेमाथि कान्समै बलात्कारको आरोप

0
Shares

कान्स फिल्म फेस्टिभलको समापन केहीअघि नै भइसकेको छ। हलिउडदेखि बलिउडसम्मका स्टारहरूको सहभागिता रहेको समारोहमा एक इटालियन स्टार आसिया तेर्जेतोले आफ्नो जिन्दगीसँग जोडिएको सबैभन्दा ठूलो राज खोलिन्, जुन सुनेर त्यहाँको माहोलमा एकछिन सन्नाटा छाउन पुग्यो।

एजेन्सीका अनुसार फेस्टिभलको अन्तिम दिन उनले आफ्नो भाषणमा भनिन्– ‘सन् १९९७ को कान्स फेस्टिभलमा हार्वे वीनस्टीनले मलाई बलात्कार गरेका थिए। जुनबेला म २१ वर्षकी थिएँ। म आशा गर्छु की अब कहिल्यै पनि हार्वेलाई कान्समा बोलाइने छैन।’ योभन्दा अघि नै आसियाले आफ्नो नजिकका व्यक्तिहरूलाई यो कुरा शेयर गरेकी थिइन्। उनको आरोप छ कि हार्वेले एक बाहनामा उनलाई होटलमा लगेर बलत्कार गरेका थिए। भनिन्छ उनको फिल्म स्कारलेट दिवा हार्वेले उनीमाथि गरेको बलत्कारमा आधारित छ।

केही समयअघि हलिउड निर्माता हार्वे वीनस्टीनमाथि एकैसाथ धेरै महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए। जसमा हलिउडका ख्यातिप्राप्त अभिनेतृ पनि सामेल छन्। तर हार्वे भने आफूमाथि लागेको आरोप अस्विकार गरिरहेका छन्। यसैबीच उनकी पत्नी जर्जिना च्यापम्यानले पहिलोपटक यसबारेमा बोल्दै मौनता तोडेकी छिन्। एजेन्सीका अनुसार हार्वेप्रति आरोप लागेको केही समयसम्म उनी यसबारेमा अन्जान नै थिइन्। एक अन्तर्राष्ट्रिय म्यागेजिनको लागि गरिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन्– ‘म आफ्नो विवाहित जीवनप्रति खसी थिएँ। मलाई आफ्नो जिन्दगीप्रति निकै प्रेम थियो।’ के तपार्इंलाई आफ्नो पतिप्रति कहिल्यै शंका थियो भन्ने प्रश्नमा उनले भनेकी छिन्– ‘मलाई कहिल्यै पनि उनीमाथि शंका थिएन। तर जब मैले उनको कालो कर्तुतबारे थाहा पाएँ म निकै रिसाएकी थिएँ। मलाई यो कुरामा विश्वास नै लागिरहेको थिएन। म त्यतिबेला आफ्ना बच्चाको भविष्यका बारेमा सोचेर रोइरहेकी थिएँ। म बच्चाको के हालत होला र मानिसले यिनीहरूलाई केके भन्लान् भन्नेबारेमा सोचिरहन्थें।’

जर्जिनको यो अन्र्तवार्ता भोग म्यागेजिनमा छापिएको छ। हार्वेसँग सम्बन्धविच्छेद भएको ७ महिनापछि यो अन्र्तवार्ता प्रकाशित भएको हो। हलिउड नायिका एन्जेलीना जोलीले करियरको सुरुआती दिनमा उनले हार्वेसँग भेट भएको र उनको उत्पीडनको शिकार भएको बताएकी थिइन् भने उनीसँगै कैयांैले हार्वेमाथि यस्तो आरोप लगाउँदै आएका छन्। वीनस्टीनको म्यानेजर रहेकी सिमोन सफिल्डले भनेकी थिइन्– ‘उनको नजर बलिउड नायिका ऐश्वर्य रायमाथि पनि थियो। तर मैले ऐश्वर्यालाई उनको बानीको बारेमा पहिल्यै नै भनिसकेको थिएँ। हार्वे त्यस्तो निर्माता हुन्, जसले बनाएका ८१ फिल्मले अवार्ड जितेको थियो।