श्रीमान बिदेश, श्रीमतीले बिष सेवन गर्दा मृत्यु

0
Shares

पर्वत(नेस) ।
पर्वतको कुस्माबजारमा एक युवतीको बिष सेवन गर्दा मृत्यु भएको छ ।

कुस्मा नगरपालिका वडा नं ६ आचार्यचोकमा खाजा पसल गर्दै आएकी २५ बर्षिया सबिना सुबेदीको मुसा मार्ने बिष सेवन गर्दा ज्यान गएको हो ।

सुबेदीको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचारका क्रममा बिहीबार राती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनले बिहान बिष सेवन गरेकी थिइन । मृतकका श्रीमान बैदेशिक रोजगारीमा छन ।

मृतकले बिष सेवन गर्नुको कारण खुल्न सकेको छैन ।