दर्जनौं आईएसआईएसका पत्नीलाई मृत्युदण्ड

0
Shares

बग्दाद, (एजेन्सी)
दर्जनौं विदेशी आईएसआईएसका पत्नीहरूलाई बुधबार इराकमा मृत्युदण्ड सुनाइएको छ। आईएसआईएसले झन्डै तीन वर्षसम्म इराकका महŒवपूर्ण भूभागमा कब्जा जमाएको बदला लिने क्रममा अदालतले सो कदम उठाएको हो।

तिनीहरू आफै पनि पीडित रहेको बताउँदै न्यायाधीशहरूले सजाय सुनाउनुअघि तिनीहरूलाई आफ्नो ज्यानका लागि भिख माग्न आग्रह गरिएको थियो। तर तिनीहरूमध्ये कमैलाई इराकी न्यायालयले सहानुभूति राखेको पाइएको छ।

स्थानीय जनताले तिनीहरूलाई आफ्ना विदेशी लडाकू पतिहरूलाई साथ दिएकोमा घृणा गरेका छन्। आईएसआईएसको कारण सन् २०१४ देखि २०१७ सम्म इराक तहसनहस हुन पुगेको थियो। गत महिना अदालतमा उपस्थित भएकी २९ वर्षीया फ्रेन्च नागरिक जामिला बोटोटाओले बताएकी थिइन्– ‘मैले त मेरो एकजना र्यापरीसँग विवाह भएको ठानिरहेकी थिएँ। बिदा मनाउने क्रममा टर्कीमा आएको एक सातापछि मात्र बल्ल मैले मेरो पति जिहादी भएको चाल पाएँ।