फेसन शोमा सेलीब्रेटी

0
Shares

आरआर गु्रपले राजधानीको अन्नपूर्ण होटलमा आयोजना गरेको चौथो एन्जल अन द प्mलोर फेसन शोमा नायक नायिका र मोडलको ताँती देखियो।

शोमा मंसिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणासहित रणवीर फिल्मका नायक सुशील पोखरेल र नायिका शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै शोज टपरका रूपमा र्याम्पमा देखिए। शोमा रणवीरको एउटा गीतमा नृत्य कलाकारले नृत्यसमेत प्रस्तुत गरे।

धिमे बाजासहित शुरू भएको फेसन शोको शुरूमा अभिनेतृ सारा सिरपाली मञ्चमा प्रस्तुत बिरालोको चाल मार्दै देखिएकी थिइन्। गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेसनसहित सो कार्यक्रममा डेढ दर्जन मोडल र्याम्पमा उत्रिएका थिए। मोडलहरू गायिका मनीषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर प्रस्तुत भएका थिए।

यस्तै सुनिल महर्जन र सुष्मा महर्जनले तयार पारेका गर्मी लक्षित जिन्सका स्कर्ट, वान पिस, टु पिस, हाफ पाइन्टमा सजिएर मोडलहरू अर्को सिक्वेन्समा प्रस्तुत भए। एसआर कलेक्सनका तर्फबाट प्रस्तुत गरिएको गाउन र विभिन्न फेसन डिजाइनरले तयार गरेका ढाकाका पहिरन सिक्वेन्स पनि फेसन शोको आकर्षण बनेको थियो।

फेसन शो आयोजक आर एन्ड आर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठले विगतका वर्षमाझैं यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेसनलाई यो फेसन शोमा प्रस्तुत गरिएको बताइन्। फेसन शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए। शोमा मेहन्दी, जुनु, रिजिना, दृष्टी, दावा, एनी, रासिया, कुसुम तामाङ, सीमा, दिव्य थापा, मन्दिरा राणा, प्रियंका, स्वेच्छा, कविता, पल्लभी, मिलुलगायतका मोडलले र्याम्प नापेका थिए।