काठमाडौं, (नेस)
जिल्ला शिक्षा कार्यालयअन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाइ, सुनसरीका समन्वय अधिकृत खगेन्द्रप्रसाद सुवेदीलाई ५० हजार घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
उनले जिल्लाको श्री आधारभूत विद्यालय, भन्टाबारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घूस मागेका हुन्।
जिल्लाको इनरुवा नगरपालिकास्थित प्रमुख सुवेदीलाई सरकारी निवासबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य गरिरहेको आयोगको कार्यालय इटहरीले जनाएको छ।











प्रतिक्रिया