ओली सरकारका गरिब महिला मन्त्रीको सम्पत्ति कति ?

0
Shares

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले म्याग्दीमा आमाबाट प्राप्त सात आना जग्गा र भूकम्पपीडित कोषबाट प्राप्त १५ हजार रुपैयाँ मौज्दात रहेको देखाएकी छन् ।

यस्तै खानेपानी मन्त्री बिना मगरले आफ्नो नाममा केही पनि नरहेको देखाएकी छन् । उनको सम्पत्ति विवरणमा चितवनमा पति प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन र एउटा स्कुटर रहेको उल्लेख छ ।

यस्तै सासु सीता दाहालको नाममा चितवनमा नै १ कठ्ठा जमिन रहेको देखाएकी छन् । उनको एभरेष्ट बैंकमा खाता छ तर रकम सून्य छ ।