सन्दिप आज स्वदेश फर्कँदै


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रर्दशन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अर्को सिजनका लागि टिकट पक्का गरेर आज स्वदेश फर्कँदै छन् ।

उनी साँझ सवा चार बजे काठमाण्डु आइपुग्नेछन् । केही दिनपछि उनी बेलायतको लर्डसमा हुने वेस्ट इन्डिजविरूद्ध आइसिसी विश्व ११ को खेलमा सहभागी हुन जानेछन् ।

साउन तेस्रो सातादेखि उनी अनुबन्धित भएको क्यारेबियन प्रिमियर लिग सुरू हुनेछ । आइपिएलमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले तीन वर्षका लागि किनेको छ ।

तीन सिजनका लागि हरेक वर्ष २० लाख भारूका दरमा अनुबन्ध भएका सन्दीपले यसपालिको प्रदर्शनपछि अक्सन हुने हो भने सजिलै करोडमाथि पाउन सक्छन् । तर दिल्लीले उनलाई आफैंसँग राख्ने स्पष्ट संकेत गरिसकेको छ ।