आजको राशिफल

0
Shares

वि.स.२०७५ साल जेष्ठ ०८ गते । मंगलबार । ईश्वी सन् २०१८ मे २२ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि अष्टमी ४७ घडी ० पला । नक्षत्र मघा ४७ घडी २ पला,रातको १२ बजेर २ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग ध्रुव ४ घडि ३८ पला,बिहान ७ बजेर ५ मिनेट उप्रान्त व्याघात । करण भद्रा,दिउसो १ बजेर ५ मिनेट उप्रान्त वव,रातको १२ बजेर ०२ मिनेट उप्रान्त वालव । आनन्दादिमा कालदण्ड योग । चन्द्रराशि सिंह । भौमाष्टमी व्रत । जैविक विविधता दिवस । गोरखकाली पूजा ।

काठमाडौंमा सूर्योदय ५ बजेर १४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी ५७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा ब.बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ ।

शुभ अंक — १,५ शुभ दिशा — दक्षिण

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पढ्न लेखाईमा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । आफन्त तथा आमा सँग नचाहादा नचाहादै घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
शुभ अंक — २,३ शुभ दिशा —पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कलाको माध्ययमबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने अरुलाई आफ्नो प्रभावमा लिएर काम लिन सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा काम बन्नाले आय आर्जन बढ्ने तथा सापटि लगिएका रकमहरु फिर्ता हुनेछन् । व्यापारमा लगानि गरि आम्दानि बढाउँने समय रहेकोछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।

शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला ।

शुभ अंक — ५,६ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुदाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ

शुभ अंक — १,७ शुभ दिशा — उत्तर

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राज्यभावमा गोचर गर्ने चन्द्रमाले राजनिति तथा समाजसेवामा जनताको काम गर्नेहरुले राज्यबाट पद प्रतिष्ठा प्राप्त गर्ने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आएस्रोतका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहनेछ । धर्म,सस्कृती तथा नया नया ज्ञानको खोजी गर्ने काममा समय दिन पाउदा मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समय तथा परिस्थितिले रोजगारि दिलाउनेछ ।
शुभ अंक — २,८ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु प्रशन्न हुनेछन् । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढे गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक —३,९ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय र कामको तालमेल मिलाउन नसक्दा बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला । अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् । जीवन साथि तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

शुभ अंक — १,४ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

शुभ अंक — २,३ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

शुभ अंक — ४,९ शुभ दिशा — पश्चिम

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।