हलिउड नायिकासँगै प्रबलको डिजाइनमा बलिउड सुन्दरी पनि


न्युयोर्क सीटीमा सम्पन्न मेट गाला २०१८ समारोहमा हलिउडका रीहाना, बेला हैदिद, किम कार्डसियन, जेनिफर लोपेजजस्ता हस्तीहरूसँगै बलिउड नायिकाहरू पनि रेड कार्पेटमा देखिए।

बलिउडका प्रियंका चोपडा र दीपिका पादुकोण पनि उक्त समारोहमा आफ्नो स्टनिङ लुकका साथ उपस्थित थिए। दीपिका रातो आउटफिटमा थिइन भने प्रियंका मरुन कलरको ड्रेसमा थिइन्। यसपटक मेट गालाको थीम हेभन्ली बडीजः फेशन एन्ड द क्याथोलिक ईम्याजीनेसन रहेको थियो।

आफ्नो स्टाइल, ड्रेस सेन्स तथा लुकले सधैं आफ्ना फ्यानलाई चकित बनाउने प्रियंकाले फेरि एकपटक आफ्ना फ्यानलाई चकित बनाइन्। गोल्ड हुड लगाइएको स्टेपलेस मरुन रङको गाउनमा स्पट हुइन जुन जीससबाट प्रेरित छ। उनले आफ्नो गाउनको रङ लिपिस्टिकसँग मिलाएर लगाएकी थिइन्।

समारोहमा दीपिका नेपाली फेसन डिजाइनर प्रबल गुरुङले तयार गरेको हट रेड कलरको अफ शोल्डर गाउनमा देखिएको एजेन्सीले जनाएको छ। उक्त गाउनमा दीपिका निकै हट देखिएकी थिइन्। रातो लिपिस्टकको साथमा स्टाईलिस ईयर रीङले उनलाई अझ मोहक बनाएको थियो। प्रियंकाजस्तै दीपिकाले पनि हलिउडमा काम गरेकी थिइन्, तर उनले भने सफलता पाउन सकिनन्।