नेपाल समाचारपत्र, काठमाडौँ ।
हालसालै बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागिसकेको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । माओवादीबीच मिलेर बनेको नेकपाको केन्द्रीय कमिटीमा अर्थमन्त्री डा.युवराज खतिवडा परेका छन् । खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा थपिएका छन् ।
यस्तै नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो । एमालेको साविक केन्द्रीय कमिटीमा २०० सदस्य थिए । थप केन्द्रीय सदस्यको सूचिमा अर्थमन्त्रीको पनि नाम रहेको एमाले निकट स्रोतले जानकारी दिएको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार
खगराज अधिकारी
गोकुल बाँस्कोटा
महेश बस्नेत
विष्णु रिजाल
नरुलाल चौधरी
डोरमणि पौडेल
तीलकुमार मेन्याङ्बो
राजेन्द्र गौतम
आनन्द पोखरेल
कैलाश ढुंगेल
गुरुप्रसाद बराल
डा.युवराज खतिवडा
बलराम बाँस्कोटा
केशवलाल श्रेष्ठ
रामेश्वर फुयाल
कृष्ण राई
वसन्त मानन्धर
निरज आचार्य
दयालबहादुर शाही
रवीन्द्र अधिकारी
विनोद ढकाल
महेश रेग्मी
भानुभक्त जोशी
गौरी ओली
समिम मिया अन्सारी
प्रमोदनारायण यादव
दीलकुमारी पन्त
लीला भण्डारी
अइन्द्रसुन्दर नेम्वाङ
साध्यबहादुर भण्डारी
चन्द्रबहादुर शाही
देवेन्द्र दाहाल
अच्युत मैनाली
देवी ज्ञवाली
रामेश्वर रानामगर
नरेश खरेल











प्रतिक्रिया