फिल्मकर्मी गेहेन्द्र धिमालले नेपाल चलचित्र कलाकार संघको भवन निर्माणका लागि २ लाख ५१ हजार १ सय ५१ रुपियाँ सहयोग रकम प्रदान गरेका छन्। उनले यो रकम कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई हस्तान्तरण गरेका हुन्।
त्यसैगरी ग्लोबल नेपाली फिल्म अवार्ड तथा नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले नेपाल चलचित्र कल्याणकारी कोषका लागि बोगटीलाई १ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गरेका छन्।
प्रतिक्रिया