रुकुम पश्चिममा बाढीले बगाउँदा एकको मृत्यु

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ मा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १४ छिबांगकी लोकी रावतको गाँउ नजिकैको जुगेना खोलामा आएको बाढीले बगाउँदा ज्यान गएको स्थानियले बताएका छन् । शोमबार साँझ कामबाट घर फर्किरहेको अवस्थामा उनलाई बाढीले बगाएको हो । बाढीले बगाएको थाहा पाउन बित्तिकै उद्धारको लागी स्थानियहरु पुगेपनि उनको मृत्यु भइसकेको अवस्थामा मात्र भेटिएको स्थानिय कमल के.सीले बताए ।