सूर्य नै उदाएन भने के होला ?

0
Shares

बीबीसी । संसार सूर्यको आसपास घुमिरहेको छ । सूर्य उदाउँदा दिन हुन्छ, सूर्य अस्ताए रात हुन्छ ।

तर यदि कुनै दिन सूर्य उदाएन भने के होला ? सूर्यको मृत्यु भए के यो दुनियाँ समाप्त होला ?

ताराहरु खसेको बारेमा त तपाईंले सुन्नु भएको होला । तर कहिल्यै सुन्नु भएको छ, हाम्रो सौर्य मण्डलको केन्द्रमा रहेको तारा जसलाई सूर्य भनिन्छ, त्यो कुनै दिन समाप्त हुनेछ ।
वैज्ञानिकहरुले भनेको पत्यार मान्ने हो भने आगामी पाँच अर्ब वर्षमा सूर्यको मृत्यु हुनेछ । तर यो घटना हुँदा के हुन्छ भन्ने बारेमा भने ति वैज्ञानिकहरुलाई समेत थाहा छैन् ।

विशालकाय सूर्यको आकार

ब्रिटेनको म्यानचेस्टर यूनिभर्सिटीका खगोलविदहरुको एक अन्तर्राष्ट्रिय टीमले यो बारेमा पत्ता लगाउन सफलता हासिल गरेको छ । उनीहरुले यो घटनाको समयमा हुने परिवर्तनका बारेमा केही भविष्यवाणीहरु गरेका छन् ।

ति खगोलविदहरुका अनुसार सूर्यको मृत्यु हुने समय नजिकिए पछि सूर्य इन्टरस्टेलर (तारहरु बीच) ग्यास र धुलोको एक चम्किलो डल्लोको रुपमा परिवर्तन हुनेछ ।
यो प्रक्रियालाई प्लेनेटरी नेबुला (निहारिका) भनिन्छ । प्लेनेटरी नेबुलाको यो प्रक्रिया जीवित तारामा ९० प्रतिशतसम्म परिवर्तन गरिदिन्छ । र रातो रंगको विशालकाय सूर्यको आकार एक सानो सेतो रंगको डल्लो जस्तो हुन्छ ।

’नेचर एस्ट्रोनोमी’ नामक स्टडीका एक लेखक एल्बर्ट जिज्लस्ट्राले भने, “एउटा तारा मर्दा त्यसबाट धेरै ग्यास र धुलो निस्कन्छ । जसलाई एनवल्प भनिन्छ । यो धुलो र ग्यास सूर्यको कुल द्रव्यमानको आधा भागमा पुग्दछ । र ताराको न्यूक्लियसमा पनि असर पार्दछ । न्यूक्लियस यसको सम्पर्कमा आउँदा त्यो विस्तारै कमजोर भएर मर्दछ ।’’

मर्ने बेला सूर्यले के गर्ला…

वैज्ञानिकहरुका अनुसार, “यो त्यति बेला हुन्छ जब ताराको तातो भित्री भागका कारण त्यसबाट निस्कने ग्यास र धुलो १० हजार वर्षसम्म चम्किन्छ । यो खगोल विज्ञानमा एउटा छोटो अवधि हो ।’’

म्यानचेस्टर यूनिभर्सिटीका एल्बर्ट जिज्लस्ट्राले भने, “हामी करोडौं वर्ष पुराना ताराको उपस्थिति मात्रै पत्ता नलगाएर सूर्य मर्दा के गर्नेछ भन्ने बारेमा समेत पत्ता लगाएका छौं ।’’
अध्ययन पूरा नहुँदासम्म वैज्ञानिकहरुलाई सूर्यका साथ पनि यस्तो हुने कुराका बारेमा जानकारी थिएन ।

दशकौंको बहस

सूर्यका साथ के हुन्छ भन्ने बारेमा जानकारी लिन खगोलविदहरुको टीमले एउटा नयाँ डेटा मोडल विकसित गरेको छ । यो डेटा मोडलले फरक–फरक तौल र उमेरका ताराहरुबाट निस्कने प्रकाशको भविष्यवाणी गर्दछ ।

यो नयाँ मोडलले एकत्रित भएका डेटा र पूर्वानुमानित वैज्ञानिक मोडलबीचको अन्तर्विरोधहरुमा प्रकास पार्ने काम गर्दछ ।

कमजोर तर चम्किलो 

ताराको मृत्युका दौरान त्यसमा ग्यास र धुलो निक्लिँदा पहिलेको अनुमानभन्दा तीन गुणा बढी तातो हुने तथ्य पत्ता लागी सकेको छ । यही कारण सूर्य जस्तो कम तौलयुक्त तारापनि चम्किलो प्लेनेटरी नेबुला बन्दछ । वैज्ञानिकहरुले सूर्य कम तौल भएको तारा भएको तथ्यपनि पत्ता लगाएका छन् ।

विविसीमा प्रकाशित यो समाचार हेर्न यहाँ क्लिक गर्नुहोस