आजको राशिफल

0
Shares

वि.स.२०७५ साल जेष्ठ ०१ गते । मंगलबार । ईश्वी सन् २०१८ मे १५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि औंषी ३१ घडी ३० पला,बेलुकी ५ बजेर ५३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र भरणी १५ घडी २५ पला,बिहान ११ बजेर २७ मिनेट उप्रान्त कृतिका । योग सौभाग्य १ घडि २२ पला,बिहान ५ बजेर ५० मिनेट उप्रान्त शोभन । करण चतुष्पद,बिहान ६ बजेर ३८ मिनेट उप्रान्त नाग,बेलुकी ५ बजेर ५३ मिनेट उप्रान्त किंष्तुध्न । आनन्दादिमा मुसल योग । चन्द्रराशि मेष,बेलुकी ५ बजेर १५ मिनेट उप्रान्त बृष । जेष्ठ सक्रान्ति, अन्तराष्ट्रिय परिवार दिवस ।

काठमाडौंमा सूर्योदय ५ बजेर १७ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ३९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउँन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ । साझको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्ब सँग कुनै पनि कारोबार गर्दा वा काम गर्दा ख्याल गर्नुहोला ।

शुभ अंक — २,५ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) तपाईले गरेको कामको फाईदा अरुले नै उठाउन खोज्नेछन् ध्यान दिनुहोला । परिस्थिति बस चिताएको काममा बाधा हुनेछ भने अरुका लागि समय खर्चनु पर्नेछ । समयमा काम नहुनाले आत्म सम्मानका ठेस लाग्न सक्छ । भिडभाडमा धन तथा भौतिक सम्पति हराउन सक्छ ख्याल गर्नुहोला । लामो दुरिको यात्रा गरि थोरै भएपनि उपलब्धि हासिल गर्न सकिनेछ । बिदेशि सामानको व्यापार फस्टाएर जानेछ भने बिदेसमा बसेर श्रम तथा पसिना बगाउने हरुले मनग्गे लाभ लिने ग्रहयोग रहेकोछ । साझपख समय राम्रो रहेकोले व्पायार व्यावासायमा वृद्धि भएर जानेछ भने अध्ययनमा सुधार हुनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । साझपख लामो दुरिको धार्मिक यात्राको प्रसश्त सम्भावना रहेकोछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — पुर्व

शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । साझपख व्यापार व्यावासायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ ।

शुभ अंक — ५,९ शुभ दिशा — दक्षिण

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । साझपख धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । साझपखको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा काम गर्दा ध्यान दिनुहोला ।

शुभ अंक — ४,८ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

शुभ अंक — २,९ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा बढिनै मेहनेत गर्दा मात्र भनेजस्तो नतिजा निकाल्न सकिनेछ । भौतक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा ईष्टमित्रहरुको सहयोग राम्रै रहनेछ । अन्य व्यावसायमा मन्दि आएपनि शिक्षा तथा शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट भनेजस्तो आम्दानि हुनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने छोरा छोरिका प्रगतिमा मन रमाउनेछ । साझपख कुने पनि विवादमा तपाईकै जित हुनेछ ।

शुभ अंक —३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गर्नु अघि समयको गहन अध्ययन गरेर मात्र काम सुरु गर्नुहोला समय मध्ययम रहेकोलेछ । बिशिष्ट योजना कार्यान्वयनमा आफ्नै भन्नेहरुले असहयोग गर्नेछन् । आफन्त तथा आमासँग बिवाद हुने ग्रहयोग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा भने सन्तोष जनक आम्दानि हुनेछ । साझपखको समय राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । चल अचल सम्पतिको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

शुभ अंक — १,२ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ । साझपख आमा तथा आफन्त सँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ । स्थाई सम्पति तथा रुपैया पैसाको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला गलत ठाउँमा खर्च हुँन सक्छ । साझपख छोटो तथा रमाईलो यात्रा हुनेछ ।

शुभ अंक — ४,६ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।