मेरो भौतिक शरीर मरे पनि
मेरा शरिरका सबै अङ्गहरु
बाचि रहे झै हुनेछन्
मृत शरिरले पनि
एउटा शिक्षा दिएर जानेछ
त्यसैले
नडढाउनु होला
प्रिय मालमीहरु
अचम्म नमान्नु होला
मेरो कविता पढेर
म मरे पछि मेरा आँखाहरुले
अरु जीवीत अन्धाहरुलाई
आँखा देखाउन सहयोग गर्नु पर्नेछ
मेरा मृगौंलाहरुले
मृत्युको मुखमा पुगेको
केहि होनाहार ब्यक्तिलाई
बचाउन सहयोग गर्नु पर्नेछ
मेरो मृत शरीरले
मेडिकल कलेजहरुका
विद्यार्थिको सिकाईलाई
पुर्ण बनाउन सहयोग गर्नु पर्नेछ
चिराफार गरि
अप्रेसन गर्न सिकाउनु पर्नेछ
धेरै रोगीहरुलाई
निरोगी बनाउनु पर्नेछ
अपाङ्गहरुलाई सपाङ्ग
बनाउनु पर्नेछ
त्यसैले
प्रिय मलामी
मेरो मृत शरिर
दान दिई सकेको हुनेछु
कुनै अस्पताललाई
यदि दिन भ्याएको रैनछु भने
दान दिनु होला
कुनै अस्पताललाई
तर नडढाउनु
दाउराको बचत हुनेछ
टीला बुर्किहरुको
खर्च हुने छैन
कात्रो पनि चाहिने छैन
यी बचत भएका समानहरुले
समाजका गरिब दुखि
भोका नाङ्गा र असायहरुलाई
बोलाएर दिनु
जस्ले
एउटा भोको अघाउनेछ
नाङ्गोको आङ्ग भरिनेछ
प्रिय मालमीहरु
मलामी जाँदा
हुने समयको बर्बादी
घट्ने छ
मलामी जान मन हुनेहरुले
त्यो मलामी जान
लाग्ने समय
गरिब दुखी असाय
आबाज विहीन मान्छेहरुको
चित्कारहरुलाई कम गराउन
लगाई दिनु होला
समाजमा रहेका विकृति
विसंगतिको अन्त्य गरि
सभ्य समाजको निर्माण गर्न
सामुहिक कदमको
थालिन गरि दिनुहोला
प्रिय मलामीहरु हो
यो मेरो रहर हो
म मरेर गए पनि
अरुलाई बचाएर
समाज परिवर्तनमा
लागाई रहने ।
सक्नु हुन्छ भने
तापाईहरु सबै जनाले
यस्तै कामको सुरुवात गर्नु होला
सक्नु हुन्न भने
यो मेरो रहरमा
कुरुति र कुसंस्कारको
जन्ञ्जीर भित्र
जकडिएर रहेको
हाम्रो जस्तो
अन्धो समाजलाई
नानाभाति चालचलन
संस्कारहरुको कुरा बताएर
दिग्भ्रमित नबनाई दिनु होला
सक्नु हुन्छ भने
तपाई पनि आफ्नो मृत
शरीर दान दिएर
आफु मरे पनि
अरु बचाउन यो
माहा अभियानमा
सामेल हुनु होला
सक्नु हुन्न भने
राम्रो कामको सुरुवात
भनेर सहयोग गरि दिनु होला
प्रिय मालामीहरु ।
खडानन्द तिमलसिना
कमलामाई नगरपालीका ६ सिन्धुली











प्रतिक्रिया