ज्येष्ठ नागरिकलाई सम्मान

0
Shares

काठमाडौँ । लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २ नेपाल ले विभिन्न विधामा ख्याति कमाएका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 


सम्मानित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी‚  वरिष्ठ साहित्यकार तथा चलचित्र निर्माता यादव खरेल‚  हास्य कलाकार मदन कृष्ण श्रेष्ठ लगायत १० जना युगान्तकारी व्यक्तिहरूलाई सम्मान गरिएको कार्यक्रम का सभापति लायन धनराज भडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकलाई माया  सहित समाजमा उचित सम्मान गरिदिन आजको पुस्ताको जिम्मेवारी रहेको पनि बताएको तेज वलीले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रमुख अथिति रक्षामन्त्री इश्वर पोखरेलले वृद्धहरु लाई सम्मानजनक व्यवहार गर्न सवैलाई आग्रह गर्नुभएको थियो । आफ्नो निर्वाचन क्षेत्र पनि त्यहि रहेका ले स्थानीय सरकार सँग सहकार्य गरेर  सुविधा सम्पन्न वृद्धा आश्रम सञ्चालनमा ल्‌याउने योजना रहेको  बताउनुभयो  ।