नजिक पुगेर उपाधिमा कब्जा जमाउन बार्सिलोना चुक्यो


काठमाडौं । चार खेल अगाबै स्पेनिस ला लिगाको यस सिजनको उपाधिमा कब्जा जमाउन सफल बार्सिलोना एक ऐतिहासिक उपलब्धि हात पार्नबाट चुकेको छ ।

आइतबार को खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको लेभान्टेसँग ५–४ अन्तरले पराजित भएपछि अपराजित हुँदै ला लिगाको उपाधि हात पार्ने  एक मात्र टोलीको कीर्तिमान कायम गर्ने ऐतिहासिक अवसरबाट बार्सिलोना हुन पुगेको हो ।

हालसम्म कुनै टोलीले त्यो कीर्तिमान काम गर्न सकेको छैन । ला लिगा यस सिजनको ३६ औं खेलसम्म अपराजित रहेको बार्सिलोना ३७ औं खेलमा पराजित भइ दुर्लभ कीर्तिमान कायम गर्न असफल भयो । अब बार्सिलोनाले एक खेल मात्रै खेल्न बाँकी छ ।