आदित्यलाई वर्ष सम्मान


लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय आदित्य बुढाथोकी अभिनेता तथा नाट्यकर्मी वर्ष सम्मान–२०७४ द्वारा सम्मानित भएका छन्।
नाट्यकर्मी महासंघ काभ्रे शाखाले बुढाथोकीले कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो। उनलाई प्रदेशसभा काभ्रे क्षेत्र नं. ३ का सभासद् वसुन्धरा हुमागार्इंले बनेपामा आयोजित एक कार्यक्रममा सम्मान गरेका थिए। प्रमुख अतिथि सभासद् हुमागाईंले कला क्षेत्रको उत्थानका लागि सक्दो पहल गर्ने बताए।

कार्यक्रममा नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष विजय विस्फोट, लोकगायक मच्छेश्वर सापकोटा, अभिनेता रवीन्द्र खड्कालगायतले कला क्षेत्रका समस्या, चुनौती तथा वर्तमान अवस्थाबारे चर्चा गर्दै यसको संवद्र्धनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले नीति तथा नियम निर्माण गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा गायक एमकुमार मल्ल, शशिशेखर बुढाथोकी, शर्मिला श्रेष्ठ, सावित्री मगर, सविता ढुंगाना, हास्य कलाकार भगवान् खत्री, कलाकार निर्देशक कमल दाहाल, भोला दाहाल, सविना हुमागार्इं, नृत्यकार आस्मा खत्रीलगायतले मनोरञ्जनात्मक प्रस्तुति पस्केका थिए।