वि.स.२०७५ साल वैशाख ३० गते । आईतबार । ईश्वी सन् २०१८ मे १३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि त्रयोदशी ३७ घडी २५ पला,बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र रेवती १६ घडी ५८ पला,दिउसो १२ बजेर ०६ मिनेट उप्रान्त अश्विनी । योग प्रिती १० घडि २८ पला,बिहान ९ बजेर २९ मिनेट उप्रान्त आयूश्मान । करण गर,बिहान ८ बजेर ३६ मिनेट उप्रान्त वणिज,बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि मिन,दिउसो १२ बजेर ६ मिनेट उप्रान्त मेष ।
काठमाडौंमा सूर्योदय ५ बजेर १८ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ३३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुँनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । मध्यान्हबाट समय उत्तम भएकोले नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् ।
शुभ अंक — १,७ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला । आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ । बेलुकिपख लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ ।
शुभ अंक — २,३ शुभ दिशा — उत्तर
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारको शिलशिलामा प्रतिष्ठित मानिससँगको भेटघाटले नयाँ काम गर्ने जोस जागर बडेर आउनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । सामाजिक क्षेत्रमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ छ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउँन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्ययम रहेकोले नया काम गर्नु भन्दा पुरानै कामलाई निरन्तरता दिनुनै राम्रो रहेकोछ । धार्मिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको सामना गर्न सहज हुनेछ भने टाडिएका मित्रहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा बढोत्तरि भई प्रशस्त आम्दानि हुनेछ ।
शुभ अंक — ४,५ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कार्यक्षेत्रमा प्रशस्त समय दिनुपर्ने तर न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुँदा मानशिक तनाब बढेर जानेछ । माया प्रेममा आफुले माया गरेको मान्छेसँग मनमुटाब बढ्ने छ भने दाम्पत्य जीवनमा सामान्य घटपटको योग रहेको छ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।
शुभ अंक — ५,९ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ । माया प्रेम तथा पति पत्निबिच अबिस्वास सिर्जना हुँन सक्छ अलि बढि सचेत हुनुहोला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । समयमा काम नबन्दा मानशिक तनाब बढ्नेछ भने आफन्तबाटनै धोका हुनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । पारिवारिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने परिवारकै साथमा रहेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिने तथा माया प्रेममा नजिक हुन सकिनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउँनेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ भने अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।
शुभ अंक — २,९ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आमा,आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ ।
शुभ अंक —३,९ शुभ दिशा — पश्चिम
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले अरुको मुख ताक्ने बानिले काममा बिलम्ब हुनेछ । आफन्त तथा आमा सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । राजनिति तथा समाजसेवामा आलोचना सहनु पर्ने हुन सक्छ ।
शुभ अंक — १,४ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । मध्यान्हबाट समय राम्रो भएकोले माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार व्यावसाय अरुदिन भन्दा फस्टाएरु जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । सामाजिक सञ्जाल तथा सञ्चारको माध्ययमबाट आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
शुभ अंक — ३,५ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ साथि संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउनेछ । पारिवारिक माहोलमा तथा धार्मिक समारोहमा जमघट भई मिठा मिठा परिवारको स्वाद लिदै रमाईलो गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ ।
शुभ अंक — ४,६ शुभ दिशा — उत्तर
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम
तपाईको दिन शुभ रहोस् ।











प्रतिक्रिया