नेपालको गुमेको भूमि फिर्ता माग्दै आएका ग्रेटर नेपालका अध्यक्ष विमानस्थलबाट पक्राउ

0
Shares

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

विदेश भ्रमणबाट स्वदेश फर्किँदै गरेका उनलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनले भारतविरोधी अभियान चलाउँदै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनले प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यमनगर गर्दै पक्राउ गरिएको बताइएको छ ।

उनले सुगौली सन्धिबाट गुमेको नेपालको भूमि फिर्ता गराइनु पर्ने बताउँदै आएका छन् ।