नाकाबन्दीको विरोध गर्ने विवेकशील साझाका एक दर्जन नेता कार्यकर्ता पक्राउ

0
Shares

बुटवल । नेपाल भ्रमणमा रहेकाे भरतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ दुर्इ वर्ष पहिले लगाइएकाे नाकाबन्दीबारे स्मरण  गराउदै प्रदर्शन गर्ने विवेकशील साझाका एक दर्जन नेता कार्यकर्तालार्इ प्रहरीले पक्राउ परेकाे छ ।

केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्पलालपार्कमा प्रदर्शन भएको थियो ।

प्रदर्शनमा संलग्न विवेकशील साझा पार्टीका ५ नं प्रदेश संयोजक अनुपमान सैंजू र रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारीसहित १२ जनालाई पक्राउ गरेको हो ।

ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ। प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले निरंकुश चरित्र देखाएको संयोजक सैंजूले अाराेप लागएका छन् ।