श्रीदेवीकी जेठी छोरी जान्भी सँधै किन यो बोतल बोकेर हिँड्छिन् ?

0
Shares

काठमाडौं । श्रीदेवीको निधनपछि जान्भी जहाँ(जहाँ क्यामरामा कैद भएकी छिन्, उनको हातमा एउटा बोतल टुटेको छैन । रेस्टुरेन्टबाट निस्किदा होस वा एयरपोर्ट छिर्दा, व्वाईफ्रेन्डसँग डेट गर्दा होस वा परिवारसँग घुम्दा उनको हातमा एउटा पिंक कलरको बोतल हुन्छ हुन्छ । यो बोतल उनी किन बोकेर हिँडिरहेकी छिन् भन्ने अहिलेसम्म खुलेको छैन ।
धेरैले अनुमान गरेका छन् कि यो बोतलको उनकी आमा श्रीदेवीसँग कुनै न कुनै कनेक्सन छ । अन्यथा उनले यो बोतल आमाको मृत्यूपछि नै किन बोक्न थालिन् रु जान्भी आफ्नी आमा श्रीदेवीसँग निकै नजिक थिइन् । उनलाई फिल्ममा डेब्यू गराउन श्रीदेवीकै हात छ । तर, छोरीको डेब्यू फिल्म उनले हेर्न पाइनन् ।
श्रीदेवीलाई मरणोपरान्त भारत सरकारले नेसनल अवार्ड प्रदान गरेको छ । सो अवार्ड लिन जान्भी आमाको साडी लगाएर समारोहमा पुगेका थिइन् । त्यतिबेला पनि उनको हातमा यो पिंक बोतल छुटेको थिएन ।