ज्वालामुुखीका अनेक प्रकारका फाइदा

0
Shares

एजेन्सी । ज्वालामुुखीका पनि अनेक प्रकारका फाइदा हुन्छन् । हो तपाईले साचो सुन्नुभयो । ज्वालामुखीको नाम सुन्दा या यसलाई हेर्दा जति भयानक देखिन्छ, केही हदसम्म यो पृथ्वीको लागि फाइदाजनक पनि छ ।

अमेरिकाको हवाई राज्यमा रहेको ‘किलुआ’ नामक एक सक्रिय ज्वालामुखीको भयावह स्थितिको सहजै कल्पना गर्न सकिन्छ । तर यदि तपाईलाई ज्वालामुखीले विनाश मात्रै गर्छ भन्ने लाग्छ भने तपाई भ्रममा हुुनुहुन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर आगोको मुस्लो र निकै तातो लाभा वाक्ने ज्वालामुखीले पृथ्वीलाई चिसो पनि बनाइरहेको हुन्छ ।

आगो वाक्ने यी भयानक ज्वालामुखी अश्चर्यजनक रुपमा पृथ्वीलाई चिसो राख्नमा सहयोगीको भूमिका निर्वाह गरिरहेका हुन्छन् । जब ज्वालामुखीमा भयानक विस्फोट हुन्छ तब यसको राग तथा सल्फर डाइअक्साइड जस्ता रसायनिक तत्वहरु हावा र पूरा वातावरणमा फैलिन थाल्छ । जुन केही हजार फिटसम्म पनि उछिट्टिन सक्छ । यसले पृथ्वीमा आउने विभिन्न सूर्यका किरणहरुलाई पछि धकेल्न पनि मद्यत गर्छ ।

यसको अर्को फाइदा भनेको यसबाट वातावरणमा तापक्रम फैलने गर्छ जुसले पृथ्वीको तापक्रमलाई कम बनाउँछ । यसलाई विज्ञानको भाषामा ग्लोबल डिमिङ भन्ने गरिन्छ । त्यसको साथसाथै ज्वालामुखीको लाभामा हामीले निकै बहुमुल्य धातुहरु पनि पाउन सकिन्छ । ज्वालामुखीको लाभामा निकै बहुमुल्य पत्थर, खनिज तथा निर्माण सामग्रीहरु पाइने गरिन्छ । यसबाट विभिन्न प्रकारका क्लिनर, साबुन तथा सिमेन्ट जस्ता वस्तुहरु तयार गर्न सकिन्छ ।

ज्वालामुखीको तापक्रमले जमिन मुनि रहेको पानीको स्रोतलाई तातो बनाइदिने गर्छ । यस्तो अत्याधिक तातो हुने स्थानमा पाइप तथा टरवाइन जडान गरेर बिजुली पैदा गर्न सकिन्छ । जसलाई जियोथर्मल इनर्जी भन्ने गरिन्छ । ज्वालामुखी विस्फोट हुँदा त्यसको लाभा टाढाटाढासम्म उछिट्टिने गर्छ । यसमा रहेको म्याग्नेसियम, पोटासियम तथा आइरन जस्ता खनिजलाई जमिनलाई मलिलो बनाउन समेत मद्यत गरिरहेको हुन्छ ।