टुँडिखेलमा मोदीलाई १९ तोपको सलामी

0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडिखेलमा ‘गार्ड अफ अनर’ सहित सम्मान गरिएकाे छ । जनकपुर भ्रमण सकेर काठमाडौं आएका उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’को सम्मान दिएको हो ।

त्यसअघि समारोहमा प्रधानमन्त्री केपी ओलीले मोदीलाई स्वागत गरेका थिए। त्यो बेला आकाशमा सुरक्षार्थ हेलप्कोटर घुमाइएको थियो। मोदीलाई नेपाली सेनाको एक टुकडीले १९ तोपको सलामी दिएको हो ।

उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधान सेनापती राजेन्द्र क्षेत्री लगायत उच्च अधिकारीहरु सहभागि भएका छन् ।

टुँडिखेलमा ‘गार्ड अफ अनर’को सम्मान पाउने मोदी दोस्रो विशिष्ट पाहुना हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीलाई यसअघि ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।  यसअघि विमानस्थलमा नै गार्ड अफ अनरको सम्मान दिने प्रचलन थियो ।