सय रुपैयाँले गर्दा विवाह नै रद्द

0
Shares

काठमाडौं । सँगैसँगै जीउने मर्ने कसम खाएर विवाह गरेको केही मिनेटमै रु. १००। कारण विवाह नै रद्द भएपछि के होला । हो, यो विचित्रको घटनो भारतको उत्तर प्रदेशको मेरठको टीपी नगर इलाकाको हो । १००। रुपैयाँको कारण विवाह नै धरापमा परेपछि भए न त बर्वाद ! दक्षिणाको १००। रुपैयाँलाई लिएर झगडा परेपछि बेहुलाले विवाह नै अस्वीकार गरे ।

खबरका अनुसार, विवाहका लागि नयाँ दिल्लीबाट जन्ती आएको थियो । सबै ठीकठाक थियो । विवाहका समय बेहुला पक्षले पण्डित ल्याउन बिर्सिए । दुलही पक्षकै पण्डितले विवाहको परम्परा पूरा गर्ने सहमति भएपछि सुरुभयो विवाह । सबै प्रक्रिया पूरा भएपछि बेहुला पक्षले पण्डितलाई केवल १००। रुपैयाँ दिए । कम दक्षिणा दिएको भनेर बेहुली पक्षका बाबुले आफ्नो बेइज्जती भएको भन्दै पण्डितलाई २१ सय रुपैयाँ दिए । तर, बेहुली पक्षका बाबु आफ्नो परिवार भएको ठाउँमा गएर रुन थाले । यस्तै रु.१००। को विवादित कुरालाई लिएर अन्ततः विवाह नै रद्द हुन गयो ।