भिडियोमा प्रेमकथा


विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा गायक कमल सौरागको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो तिमी एक प्रेम कथाको भिडियो सार्वजनिक भएको छ।

विन्ध्यवासिनी म्युजिक प्रालिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा प्रेमका भावलाई मर्मस्पर्शीरूपमा समेटिएको छ। भिडियोमा प्रेमिकालाई संसारको सबैभन्दा सर्वश्रेष्ठ व्याक्तिका रूपमा चित्रण गरिएको छ। राजकुमार बगरको शब्द सिर्जना तथा संगीत संयोजनमा रहेको गीतलाई आकर्षकरूपमा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन्। दीपक विष्टले सम्पादन तथा काजिश श्रेष्ठले निर्देशन गरेका छन्। भिडियोमा अनु शाह र कमल सौरागको अभिनय रहेको छ।