रियल मेड्रिड च्याम्पियन्स लिगको उपाधी नजिक


मेड्रिड, डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगमा बायर्न म्युनिखसँग २–२ बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

यो रियल मेड्रिडको च्याम्पियन्स लिगमा लगातार तेस्रो फाइनल प्रवेश हो । पहिलो लेगमा जर्मनीमा रियलले बायर्नलाई २–१ ले हराएको थियो । मंगलबार राति मेड्रिडको बेर्नाबेउमा बायर्नलाई जितको आवश्यक थियो । तर टोली २–२ गोलमै रोकिएपछि रियल समग्रमा ४–३ गोलको अग्रतासँग फाइनलमा पुग्यो ।

त्यसो त बायर्नका लागि जोशुआ किमिचले ६ यार्डबाट तेस्रो मिनेटमै गोल गरेर बायर्नलाई अग्रता दिलाएका थिए । करिम बेन्जेमाले रियलका लागि मार्सेलोको सानदार क्रसमा ८ मिनेटपछि गोल फर्काएर खेल बराबरीमा पु¥याएका थिए । पहिलो हाफ १–१ मै सकिएको थियो । दोस्रो हाफ शुरु भए लगतै बेन्जेमाले अर्को गोल गर्दै रियललाई २–१ को अग्रतामा राखे । उनले बायर्नका गोलकिपर स्वेन उल्रिचको गल्तीमा गोल गरेका थिए ।

यसपछि जेम्स रोड्रिग्वेवले गोल गरेर खेल बराबरीमा पु¥याए पनि थप गोल नहुँदा रियलले बाजी मारेको थियो । बायर्नलाई जित्ने मौका आएको पनि थियो । कोरेन्टीन टोलीसो र थोमास मुलरको प्रहार केयलर नाभास र म्याट्स हम्मेल्सले बचाएर बायर्नको आशामाथि तुषारापात गरेका थिए ।

यो नतिजासँगै स्पेनी टोलीप् रियलले मे २६ मा युक्रेनको कीएभमा हुने फाइनल खेलमा लिभरपुल वा रोमासँग खेल्नेछ । यी दुईबीचको खेल रोममा आज राति हुँदैछ । जसमा लिभरपुल ५–२ गोलअन्तरले अगाडि छ ।