प्रदेश उपसभामुख पोख्रेल उभौली पूजामा

0
Shares

इटहरी । लले किरात जातिले मनाउँदै आएको भूमिपूजा अर्थात् उभौली पर्व किरात जातिको मात्र नभएर यो सबै नेपाली भूगोलवासीको साझा धर्म र पर्व भएको कुरामा जोड दिनुभएको छ ।

उपसभामुख पोख्रेलले सोमबार सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७, कलौरीको राष्ट्रिय ताल क्षेत्रमा रहेको साकेला धार्मिक तीर्थस्थल क्षेत्रमा आयोजित किरात समुदायको धार्मिक उभौली पूजा एवं बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो ।

उपसभामुख पोख्रेलले अहिले देश संघीयतामा गइसकेको र देशले धार्मिक बहुलतालाई महत्व दिएकाले देशमा भएका सबै जातजाति, धर्म, संस्कृति एवं परम्परा सबैको संरक्षण गर्नु स्थानीय, प्रदेश र राज्यको दायित्व भएकाले यो उभौली पर्व कुनै जाति विशेषको मात्र नभई सामूहिक पर्वका रुपमा मान्न जरुरी रहेको पनि स्पष्ट पार्नुभयो ।

सोही समारोहमा किरात नेता ज्ञान किरातीले उभौली पर्व पहिले किरात जातिले विशेष नयाँ वर्षका रुपमा र नयाँ अनाज भूमिदेवलाई चढाएर न्वागी खाने चलनका रुपमा मनाइ आएकाले यसलाई अहिले पनि विशेष ढंगले किरात जातिले सोही परम्परा एवं संस्कार मुताविक भूमिदेवको पूजापाठ गरिँदै आएको हो भन्नुभयो ।