आईपीएलः कोलकातासँग बैंगलोर पराजित


काठमाडौँ । कोलकाता नाइट राइडर्सले आईपीएल ११ अन्तर्गत आईतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराएको छ ।

हैदराबादमा भएको रोमााञ्चक खेलमा बैंगलोरले छोडेको १ सय ७६ रनको लक्ष्य कोलकाताले ४ विकेटको नोक्सानीमा ५ बल बाँकी राखेर पछ्याएको थियो । टोलीको जितमा क्रिस लिनले ५२ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६२ रन जोडेका थिए । कप्तान दिनेस कार्तिकले ९ बलमा २३ रन बनाए । म्यान अफ द म्याच लिनले सुनील नारान (२७) सँग पहिलो विकेटका लागि ५९ रन तथा रोविन उथप्पा (३६) सँग दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । यस सिजनमा यो कोलकाताको ८ खेलमा चौथो जित र बैगलोरविरुद्ध दोस्रो जित थियो । बैगलोरको यो सात खेलमा पाँचौ हार थियो ।

यसअघि बैंगलोरले विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा ४ विकेटको क्षेतिमा १ सय ७५ रन जोडेको थियो । कोहलीले ४४ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए । उनले मनदीप सिंहसँग चौथो विकेटका लागि ६५ रन साझेदारी गरेका थिए । उनकै कारण अन्तिम ७ ओभरमा टोली ८४ रन बटुलेर राम्रो स्कोरसम्म पुगेको थियो । कोलकाताका बलरमा एन्डे« रसेलले तीन विकेट लिएका थिए ।