दम्राइ खोलामा पक्की पुल

0
Shares

नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ३ र ४ ९सर्दी०मा अवस्थित दम्राइ खोलामा पक्की पुल निर्माण शुरु भएको छ ।

रु तीन करोड ७९ लाख ३२ हजारको लागतमा निर्माणसम्म हुने उक्त पुल डोलिडारमार्फत निर्माण हुन लागेको हो । पुल नहुँदा वर्षामा सर्दीका बासिन्दाले अप्ठ्यारो पर्ने गरेकाले यो पुल निर्माणसँगै सुत्केरी हुँदा अस्पताल पुग्न बिरामीलाई सहज हुने विश्वास लिएको छ ।

पुल निर्माणपश्चात सो गाउँपालिकाको वडा नं ३ र ४ (सर्दी) आसपास क्षेत्रका करीब १० हजार जनतालाई राहत मिल्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिनुभयो ।