टुडिंखेलमा डण्डीबियो



पूर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित फिल्म डमरुको डण्डीबियोको प्रमोशनका लागि यसको निर्माण सम”हले शनिबार राजधानीको टुँडिखेलमा ठ्याक लाउने च्यालेन्ज चलायो।

फिल्मका कलाकारसँग ठ्याक लगाउन सयौं प्रतिस्पर्धी टुडिँखेलमा जम्मा भएका थिए। प्रतियोगितामा सिठ्ठो ठ्याक लगाउनेलाई २५, छैंटो ठ्याक लगाउनेलाई १५, पाँचो ठ्याक लगाउनेलाई ५ सय रुपियाँबराबरको फ”ड कफी कुपन, तियोरचारो लगाउनेलाई टिसर्ट र पेन पुरस्कार दिइएको थियो। फिल्मका कलाकार खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी वर्देवा, निर्माताद्वय नोर्ब‘ छिरिङ घले, विनोद गुरुङलगायतका कलाकारले प्रतिस्पर्धीसँगै ठ्याक लगाएका थिए। कार्यक्रममा खगेन्द्र पुग्दा फ्यानहरूले पशुपति प्रसाद भन्दै सेल्फी लिएका थिए।

छेतेन गुरुङ निर्देशित डमरुको डन्डीबियोमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्वी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होप” कोइंच सुनवार, नमिता घिसिङलगायतका कलाकारले अभिनय गरेका छन्।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको फिल्ममा नोर्ब‘ छिरिङ घले र विनोद गुरुङनिर्माता रहेका छन् भने खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ। फिल्म आगामी शुक्रबारबाट रिलीजमा आउँदैछ।

प्रतिक्रिया दिनुहोस्