नेपालको मौलिक कला आफँैमा समृद्ध भएपनि छायाँमा परेको छ। अझ कलाकारहरू महिनौ गुप्तवास बसेर कला सृजनामा मात्र तल्लीन रहने भएकाले वाहिरी कुरासँग त्यत्ति एकाकार हुन सकेका छैनन्। यस्तो अवस्थालाई चिर्दै पौभा कलाकार पनि विस्तारै संगठित हुँदै गएका छन्। ‘अचेल अवस्था परिवर्तन हुँदै गएको छ।
तर संस्थागतरूपमै केहि गरौँ भनेर हामी कलाकारहरू लागि परेका छौुँ कलाका कुराको २२ औं श्रृङ्खलामा अतिथी वत्ता कलाकार न्हुच्छेकाजी बज्राचार्यले आप्mना अनुभुति र कला यात्राबारे भने ‘विगतमा पौभा कला बिक्री गर्न निकै गाह्रो थियो। ठूला चित्र बिक्रीका लागि त महिनौँ वर्षौ कुर्नु पथ्र्यो। अचेल कला संकलकहरूले पौभा कलालाई संग्रह गर्ने परिपाटीको विकास हुँदै गएको छ।
पहिला कला सिक्न गुरुलाई खोजेर निकै कठिन साथ कला यात्रामा लागेको अनुभव सुनाउदै बज्राचार्यले आप्mना गुरु स्व. ज्ञानकर बज्राचार्यको सदासयता र आत्मियताका कारण निकै चाँडौ पौभा कला सिक्न सकेको बताए। ‘एक सिन्का भाँच्न सजिलो छ। तर सिन्काको समुहलाई भाँच्न गाह्रो हुन्छ। म पनि यहि नीति लिएर ख्वप कला च्वमी पुचः मा सक्रिय छुु उनले भने।
२०१७ सालमा जन्मेका कलाकार बज्राचार्य स्कुले समयदेखि नै चित्र कोर्थे। पछि पौभा कलाकार ज्ञानकर बज्राचार्यको समिपमा रहेर उनले कलाको अध्ययन गरे। अध्ययनको छोटो समयमै उत्कृष्ठ सिल्प क्षमताका कारण ग”रुले उनलाई आफुले काम गरिरहेको संस्थामा कलासम्बन्धी काममा अनुबन्धीत गरे। २०३३ सालबाट कलामा लागेका बज्राचार्यले सुरुवातमै ३ शय २५ रुपियाँमा कलाकारका रूपमा काम गरेका रहेछन्। त्यसपछि पनि उनले कलाकार प्रेममान चित्रकारसंग पनि केहि समय कला साधना गरेका थिए।
विशेष गरि अहिले पौभा कलामा पनि परिवर्तन देखिँदै आएकोतर्फ संकेत गर्दै बज्राचार्यले पौभाको मुल स्रोतलाई बिगार्ने प्रवृतिप्रति चिन्ता व्यक्त गरे। अबका दिनमा पौभाको मुल मर्मलाई आत्मसाथ गरेर मात्र कला गर्नुपर्ने उनको सुझाव छ। परम्परागतरूपमा गरिनै पौभा कलाको सिल्प र गुणलाई आत्मसाथ गर्दै अगाडी बढेका बज्राचार्य यो विषयमा गरिने हिन्दु र बौद्ध दुवै विषयलाई चित्रण गर्छन्। मण्डलामा पनि उनको दख्खल राम्रो रहेको छ। फ्रान्समा पुगेर पनि उनले नेपाली कलालाई प्रदर्शीत गरिसक्नु भएको छ भने युरोप, अमेरिका, चीनजस्ता देशमा उनका कलाहरू सँग्रहित छन्।
प्रतिक्रिया