काठमाडौं । सूचना संचार प्रविधिमा महिलाको पहुच पुर्याउने उदेश्यले विश्वभर मनाइने ‘सूचना संचार प्रविधिमा महिलाको सहभागिता २०१८’ कार्यक्रमहुम्लामामनाइदै छ्र नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा सूचना र संचार प्रविधि समाज र स्वावलंबन विकाश प्रवर्धन केन्द्र नेपालको संयुक्त आयोजनामा आजदेखि ३ दिने ‘आधारभूत सूचना र संचार प्रविधि र ब्लगिङ्ग’ बारे कार्यशाला सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले हुम्ला आफैमा पिछडिएको र दिनानुदिन महिला विद्यार्थीको संख्या बढी रहेको र पुरुषको संख्या घट्दै गएकोले समग्रमा महिलामात्र सहभागी नगराई सबै बिद्यार्थीमा पहुच पुर्याउनु बताउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी मदनकुमार थापाले समग्र पहुचमा काम गर्न र जिल्लामा रहेका सबै बिद्यालयलाई प्रविधि मैत्रीबनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा महिला शिक्षक, उद्योगकर्मी, सिमिकोट गाउपालिका अध्यक्ष, जिल्लायुवा समिति, लगायतकोे उपस्थिति रहेको थियो ।












प्रतिक्रिया