नाच्न आएकी निरूता कसरी ‘आमा’ बनिन्

0
Shares

काठमाडौं । लामो समयपछि काठमाडौं आएकी अभिनेत्री निरुता सिंह एनएफडीसी अवार्डमा नृत्यका लागि आएकी थिइन् ।

अविरल पानी परेका कारणले शनिबार उनले नृत्य देखाउन पाइनन् । तर उनले ‘आमा’ बन्ने अवसर पाएकी छन् ।

छोटो समयका लागि नेपाल आएकी उनी विकास आचार्यको फिल्म नाई न भन्नु ल–५ का लागि बाल कलाकार अनुभव रेग्मीकी आमाको भुमिकामा देखिने भएकी छन् । उनले उक्त चरित्रका लागि सम्झौता गरेको आचार्यले बताए ।

उनी छैठौं एनएफडीसी अवार्डका लागि आएकी थिइन् । फिल्ममा अभिनय गर्नेबारे पनि चर्चा भइरहेको थियो ।

छिट्टै भारत फर्किने उनी फिल्मका लागि केही दिन नेपाल बस्नेछिन् ।

तुलसी घिमिरेको फिल्म दक्षिणाबाट नेपाली रजतपटमा पाइला टेकेर एक दशकसम्म कुशल अभिनयमा जमेकी निरुता पछिल्ला समयमा हराएकी थिइन् ।

प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपाल, स्वस्तिमा खड्कालगायतका कलाकारको अभिनय रहनेछ । सामीप्यराज तिमल्सेनाले लेखेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहने जनाइएको छ ।