स्मार्टफोनमा ब्याट्री चाडै सकिन्छ ?

0
Shares

प्रायः स्मार्टफोनहरुमा बढि ब्याट्री टिकोस् भनेर उच्च क्षमताको ब्याट्री प्रयोग गरिएको हुन्छ । तर कतिपय फोनमा जति नै उच्च क्षमताको ब्याट्री भएपनि कम समयसम्म मात्र चल्छ । प्रायः स्मार्टफोनहरु चलाउँदा तात्छन् र तातेपछि ब्याट्री कम टिक्ने हुन्छ ।

प्रायः स्मार्टफोन प्रयोगकर्ताहरुको गुनासो हुन्छ ब्याट्री कसरि धेरै टिकाउने भन्ने, आउनुहोस् आज हामी तपाइहरुलाई यस सम्वन्धि केहि टिप्स वताउँदै छौँ जस्ले ब्याट्रीको लाइफ बढाउन मदत पुग्नेछ ।

१.ब्याट्री पुरै चार्ज सकिने गरी फोनको प्रयोग नगर्नुहोस् । सम्भव भएसम्म फोनमा १०- १५ प्रतिशत  ब्याट्री रहदैमा चार्ज गर्नुहोस् ।

२.फोनको ब्याट्री २-४ प्रतिशत  कम हुने वित्तिकै चार्ज गरिहाल्ने  र फोनलाई चार्जमा जोडेर फोन चलाउने नगर्नुहोस् ।

३. फोनलाई तातोको नजिक वा घाममा नराख्नुहोस् । फोनलाई तातो हुनबाट जोगाउँदा ब्याट्री छिटो सकिने समस्या कम हुन्छ ।

४. उपलब्ध भएसम्म मोवाइलमा इन्टरनेट चलाउँदा मोवाइल डाटा भन्दा वाइफाईको प्रयोग गर्नु पर्दछ । मोवाइल डाटाको प्रयोग गर्दा फोन तात्छ र ब्याट्री पनि कम समय टिक्छ ।

५ .अनावश्यक रुपमा मोवाइलको डाटा अन गरेर नछाड्नुहोस् ।

६ . फोनलाई भाइव्रेशन मोड वा हाई भोलममा रिङटोन राख्दा ब्याट्री बढी खपत हुन्छ, त्यसैले रिङटोन ठिक्कको भोलममा राख्ने गरौ र सकेसम्म भाइव्रेशन मोडको प्रयोग नगरौ ।

७. ब्याट्री सेभर एपले ब्याट्री लामो समय सम्म टिकाउँछ भन्ने धेरैलाई लाग्न सक्छ । तर सबै ब्याट्री सेभर एप फोनको लागि राम्रो नहुन सक्छ , र प्रायःले ब्याट्रीलाई हानि पु¥याईरहेका हुन्छन् ।

८. फोनमा ब्याट्री कम छ भने ब्याकराउण्ड एप्स, वाइफाई, र डाटा बन्द गर्नुहोस्, अनाबश्यक रुपमा फोनमा दुई सिम अन नराख्नु होस् जस्ले गर्दा फोनको ब्याट्री लामो समयसम्म टिक्न सहयोग पुग्छ ।

९. फोनको स्क्रिनको ब्राइटनेस कम गर्नुहोस् ।

१०. फोनको स्क्रिन टाइमआउट समय घटाउनु होस्, फोनलाई पावर सेभिङ मोडमा राख्नुहोस् ।

११. प्रयोगमा तत्काल नआउने, नल्याइएको कुराहरु जस्तै जिपीएस, वाइफाई मोवाइल डाटा ब्वुटुथ वन्द राख्नुहोस् ।

१२. कम्तिमा पनि दिनको एकपटक मोवाइल रिस्टार्ट गर्नुहोस् ।