आश्मा ड्रिम गर्ल

0
Shares

ड्रिम गर्ल नामक फिल्मको फष्टलुक सार्वजनिक गरिएको छ। निर्देशक ऋषिराज आचार्यले फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै ड्रिम गर्ल दशैको उपहारस्वरूप असोज १९ गते दर्शकमाझ आउने जानकारी गराएका छन्।

दुई करोडभन्दा बढी लगानी गरिएको दाबी गरिएको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, प”जा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन्।

आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथाको फिल्म निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घितालले निर्माण गरेका हुन्। काठमाडौ र मुस्ताङसँगै थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्ममा अर्जुन पोखरेलको संगीत, गम्भीर बिष्टको कोरियोग्राफी, राहुल राईको छायांकन र नवीन निरौलाको सम्पादन छ।