विश्वकप क्रिकेटको तालिका सार्वजनिक


काठमाडौँ । विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप क्रिकेट सन् २०१९ मा इङ्गल्याण्डमा हुँदैछ । सन् २०१९ को मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपमा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ ।

तालिका अनुसार उक्त खेल लण्डनको ओभल मैदानमा खेलाइने छ । यसैगरी ३१ मेमा दोस्रो खेलमा नटिङ्घमको ट्रेन्टब्रीजमा वेस्ट इण्डिज र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।