कैलाली भ्रमण वर्षको तयारी शुरु



????????????????

धनगढी, ‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्लाको समृद्ध विकासको मूल आधार’ भन्ने नाराका साथ कैलाली भ्रमण वर्ष २०७५ विविध कार्यक्रमका साथ मनाइने भएको छ ।

कैलाली भ्रमण वर्ष २०७५ को जिल्लाको चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको भ्रमण वर्ष मूल समारोह समितिको सचिवालय कैलालीले जनाएको छ ।

जिल्लाको पूर्वी सीमा नदी कर्णालीको छेउमा रहेको चिसापानी पर्यटनका लागि आकर्षक गन्तव्यस्थलका रुपमा चिनिन्छ । चिसापानीको कर्णाली नदीमा बनेको दक्षिण एशियाकै नमूनाको पुल ‘स्टेट केबुल ब्रिज’ आकर्षक छ ।

कर्णाली नदीमा हुने ¥याफ्टिङ (जलयात्रा)अरु ठाउँका नदीमा हुने ¥याफ्टिङको तुलनामा निकै रोमाञ्चकारी देखिन्छ । नदीमा ¥याफ्टिङ गरेर चिसापानीदेखि झण्डै १० किलोमिटर दक्षिणतर्फको टीकापुर छेउको कर्णाली नदीको भागसम्म जलयात्रा गर्न सकिन्छ ।
डल्फिनको दृष्यावलोकनका लागिसमेत कैलाली जिल्ला चर्चित छ । काँडा, कान्द्रा, मोहना, पथरैया नदीमा पानी सतह बढेका बेला डल्फिन सजिलै देख्न सकिन्छ । मानिसपछिको दोस्रो बुद्धिमान प्राणी डल्फिनलाई नदी छेउमा निर्माण भएका ‘टावर‘मार्फत वर्षायाममा सजिलैसँग अवलोकन गर्न सकिन्छ ।

भ्रमण वर्षका क्रममा टीकापुरमा सांस्कृतिक ¥याली, जिल्लाका प्रसिद्ध धार्मिक स्थल बर्दगोरिया, गोदावरी धाम, शिवपुरी धामका साथै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालको अवलोकन गर्ने गराउनेलगायतका कार्यक्रम गरिने जनाइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटन वर्ष मनाउने गरिए पनि यससम्बन्धी निर्माण हुनुपर्ने पूर्वाधारको भने अभाव महसुस गरिएको पर्यटन व्यवसायी रमणचन्द्र श्रेष्ठले बताउनुभयो । जसका कारण पर्यटन उद्योगको सम्भावना प्रशस्त देखिएको भए पनि प्रचारप्रसार र पर्यटकका लागि चाहिने उचित पूर्वाधार जुट्न नसक्दा अपेक्षित सफलता भने पाउन सकिएको छैन ।

भ्रमण वर्ष २०७५ मनाउनका लागि धनगढीमा स्थापना गरिएको मूल समारोह समितिको सचिवालयको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले आज उद्घाटन गर्नुभयो ।

कार्यक्रममा भ्रमण वर्ष मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगत साउँले भ्रमण वर्षको महत्व र आवश्यकता माथि प्रकाश पार्नुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्