राज्यलाई युवाशक्ति विदेश पलायन रोक्न चुनौती बढ्दै गएको छ। हरेक दिन नेपाली युवा कामदारका रूपमा विदेशिने क्रम तीव्ररूपमा वृद्धि भएसँगै रोजगार गन्तव्य मानिएका मुलुकहरूमा विभिन्न कारणले मृत्यु हुने क्रम पनि अस्वाभाविकरूपमा बढिरहेको छ। नेपालमै रोजगारीको अवस्था सिर्जना नहुँदा बिरानो मुलुकमा ज्यान फल्न दिनहुँ युवा बाहिर गइरहेका छन्।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये पछिल्लो नौ महिनामा ६०७ जनाको मृत्यु भएको पाइएको छ, जसमध्ये सबैभन्दा बढी मलेसिया गएका नेपाली छन्। मलेसियामा मृत्यु हुने २०९ मध्ये १४८ जनाको हृदयाघातका कारणले मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ। बोर्डका अनुसार गत नौ महिनायता ९९ जनाले आत्महत्या गरेका छन् भने प्राकृतिक कारण ९८ जनाले ज्यान गुमाएका छन्। आत्महत्या गर्नेमा पनि अधिकांश मलेसिया गएका कामदार बढी रहनुले यो अनुसन्धान गर्नुपर्ने विषय बन्न पुगेको छ।
नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मानिएको मुलुक मलेसिया असुरक्षित बन्दै गएको दृष्टान्त पनि हो यो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कुल संख्याको एकतिहाइ मलेसिया नै जाने गरेको देखिएको छ। पछिल्लोे समय मलेसिया र खाडी मुलुकहरूमा ज्यान गुमाउने नेपालीको संख्या पनि बढ्दै गएको छ। असुरक्षित गन्तव्य मानिएका मुलुकमा ठँलो संख्यामा युवाले ज्यान गुमाउनुपरे पनि नेपाली समाजमा विदेश मोह घट्न सकेको छैन भने राज्यले विदेश पलायन रोक्न दीर्घकालीन योजना पनि बनाउन सकेको छैन।
गत नौ महिनायता विदेशमा ज्यान गुमाउनेमा मलेसियामा २०९, साउदी अरबमा १५४, ओमनमा ९२, दुबईमा ६९, कोरियामा १८, कुवेतमा १४, नेपाल फर्किएर ३५ तथा अन्य कारणले ११६ जना छन्। ट्राफिक दुर्घटनामा समेत ९३ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ। विदेशमा ज्यान गुमाउनेमा १५ जना महिला छन्। प्राकृतिक तथा दैवी प्रकोपका कारणले हुने मृत्युलाई कसैले रोक्न सक्दैन। तर, असामयिक ढंगले हुने मृत्यु बढ्दै जानु चिन्ताको कुरा हो। बेरोजगारीको तनाव हटाउन भनेर विदेश गएकाले झनै तनाव लिएर आत्महत्या गर्नु विडम्बनाको कुरा हो।
गाउँमा मान्छे मर्दा मलामीसमेत नरहने स्थिति आइसक्दा पनि सरकारले युवाको विदेश पलायन न्यँनीकरणसम्म गर्न नसक्नु दुर्भाग्य हो। जबसम्म युवालाई स्वदेशमै रोजगारको अवसर र विकास निर्माणमा समाहित गर्न सकिँदैन, तबसम्म नेपाली कामदारहरू जोखिमपँर्ण कामका लागि असुरक्षित गन्तव्यमा जान बाध्य भइरहनेछन्। अहिले औसत दैनिक ३ वटा शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको छ। गत चैत महिनामा मात्रै खाडीलगायतका मुलुकबाट ७० वटा शव नेपाल ल्याइएका छन्। कतिपय शव आएको विवरणसमेत बोर्डलाई नै थाहा नहुने अवस्था छ। स्वदेशमै रोजगार सृजना गरी नेपाली जनशक्तिलाई राष्ट्रिय समृद्धिमा लगाउन सरकारले विदेशमा अकालमा ज्यान गुमाउनेहरूको संख्यालाई मध्यनजर गरी जनशक्ति विदेश पलायन हुनबाट रोक्नुु जरुरी देखिएको छ।
– छवि लामिछाने, दोहा, कतार
चुरे संंरक्षणमा ध्यान दिन जरुरी
हिउँद सकिएर वर्षा शुरू हुन लाग्दै छ। वर्षा लागेसँगै तराईमा डुबान र पहाडमा पहिरोेले जनधनको क्षति भएका समाचार आउनेछन्। गतवर्ष पनि तराईका अधिकांश भाग डुबानमा प¥यो। सीमाक्षेत्रका भारतीय बाँधका कारण नेपाली भँभाग डुबानमा परेको अवस्था जगजाहेर नै छ। अघिल्ला वर्षहरूमा पनि यस्तै हुन्थ्यो, वर्षासँगै चर्चा र चासो पनि सेलाउँथ्यो। तराई–मधेसमा डुबान भारतीय बाँधभन्दा चुरेक्षेत्रमा हुने अवैध उत्खननका कारण भएको भँ–क्षयले हो भन्ने सबैले बुझ्न जरुरी छ। तराई–मधेस मरुभँमीकरण हुँदै गएको प्रति कसैको चिन्ता देखिएको छैन।
चुरेमा हुने भँ–क्षयकै कारण तराई–मधेस डुबानमा पर्ने गरेको विशेषज्ञहरूले बताउने गरेका छन्। ढुंगा, बालुवा र गेग्य्रानले बनेको अति संवेदनशील पहाड हो चुरे। यसको पिँधमा हुने सानो हलचलले पनि वर्षामा ठँलो भँ–क्षय हुने गर्दछ, जसका कारण यी बालुवा र गेग्य्रान मधेसमा बग्ने नदी तथा खहरेको पिँधमा थेग्रिएर नदीको सतह उकासिँदो छ। धेरैजसो स्थानमा त नदीको सतहमाथि र आसपासको जमिनको सतह तल रहेको प्रस्टै देखिन्छ।
जसका कारण वर्षा लागेपछि नदीहरूमा आउने बाढी किसानका खेतबारी हुँदै बस्तीमा पस्ने गरेकाले महिनौँसम्म डुबानको स्थिति रहने गरेको छ। केही वर्षपहिला नै गरिएको एक सर्वेक्षणमा तराई–मधेसमा नदीको सतह प्रतिवर्ष २० सेन्टिमिटरका दरले उकासिँदै गएको देखाइएको थियो।
चुरेको फेदमा बनेको पँर्व–पश्चिम राजमार्गबाट यात्रा गर्ने जो–कोहीले नदीका आसपास क्रसर उद्योग, ढुंगा, बालुवाका थुप्रा देख्न सक्छन्। यी उद्योगका अधिकांश उत्पादन भारततर्फ जाने गरेका छन्। यस्ता उद्योग नदीका आसपास खोल्न नपाइने कानुनी व्यवस्था छ। तर व्यापकरूपमा गलत क्रियाकलाप हुँदासमेत सम्बन्धित नियमनकारी निकाय मौन छ। चुरे संरक्षण भए मात्र तराई–मधेस सुरक्षित रहन्छ।
– रूपा लम्साल, ललितपुर
प्रतिक्रिया