गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौंको टोखा नगरपालिका–९, मिलनटोल स्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका युवकले नै उनको हत्या गरेको खुलासा भएको छ । प्रहरीले सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मालाई हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।

उनले गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारीको हत्या गरेका थिए । हत्या लगत्तै उनी भागेर भारत पुगेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

युवतीसँगै राति गेष्ट हाउसमा गएका शर्माले होटलको आगन्तुक पुस्तिकामा भने घर दाङ घोराही नगरपालिका–१, वर्ष २६ र नाम विकास वली लेखेका थिए । जब कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर गए उनी मृत अवस्था भेटिएकी थिइन् । यस सम्बन्धमा काठमाडौँ प्रहरी परिसरले दिउँसो १ बजे पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै छ ।