नयाँ बसपार्कको होटलमा युवतीको हत्या गर्ने भारतबाट पक्राउ

0
Shares

काठमाडौं । नयाँ बसपार्कको होटलमा युवतीको हत्या गर्ने एक युवकलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको छ । युवती हत्या गरी फरार भएका सल्यानका गोपाल शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

 

गत चैत २३ गते नयाँ बसपार्कको न्यु भूमेश्वर गेस्ट हाउसको २०३ नम्बर कोठामा एक युवती मृत भेटिएकी थिइन् । हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा उनको शव फेला परेको थियो । मृतक चितवन सौराहाकी रियाना भन्ने रिहा अधिकारी भएको खुल्न आएको छ ।

 

आपसी विवादमा शर्माले हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि युवतीको समेत मोबाइल लिएर उनी भारत गएका थिए ।